Kathmandu Press

बाक्लाे हुस्सुकाे कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण उडान रद्द

बाक्लाे हुस्सुकाे कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण उडान रद्द

काठमाडाैं, पुस ७ : भैरहवा-काठमाडाैं रुटका सम्पूर्ण हवाई उडान रद्द भएका छन् । बिहीबार बिहानैदेखिको बाक्लो कुहिरोका कारण सम्पूर्ण उडान रद्द भएका हुन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाका अनुसार  बाक्लो कुहिरोले ढाकेका कारण बिहीबार सम्पूर्ण हवाई उडान रद्द भएको बताए ।

उनका अनुसार भैरहवा–काठमाडौं बीच दैनिक २१ वटा आन्तरिक उडान र एउटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । आन्तरिक उडानका लागि दैनिक सरदर १ हजार यात्रु भैरहवा आउने र भैरहवाबाट प्रस्थान गर्ने गर्छन् । हुस्सु र कुहिरोका कारण जजिराको कुवेतबाट भैरहवाका लागि बुधबार राति २ बजे हुनु पर्ने अन्तर्राष्ट्रिय उडान पनि हुन सकेन।

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्