चार्ल्स शोभराज आजै थुनामुक्त हुने
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएको थियो।
काठमाडौं, पुस ७ : सिरियल किलरका रुपमा कुख्यात चार्ल्स शोभराज आजै (बिहीबार नै) थुनामुक्त हुने भएका छन्।
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएको थियो।
सोही आदेशका आधारमा शोभराज आज केन्द्रीय कारागारबाट रिहा हुन लागेको शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले बताए। अहिले केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ।
रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिने बताएको छ।
प्रकाशित मिति: १८:११ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











