Kathmandu Press

महेन्द्र राय यादवले भोलि शपथ लिने

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्।
महेन्द्र राय यादवले भोलि शपथ लिने

काठमाडाैं, पुस ७ : प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्।

उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ। यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्।

सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो। नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। 

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित भए। आले पारिवारिक शोकमा छन् राई सुत्केरी भई अस्पतालमा छिन्।

खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्