आजदेखि राजनीतिक रूपमा अर्काे जन्म लिएँ : विश्वप्रकाश शर्मा
उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयलाई गम्भीरताका साथ लिएको बताए।
काठमाडाैं, पुस ७ : कांग्रेस सांसद विश्वप्रकाश शर्माले आजदेखि राजनीतिक रूपमा अर्काे जन्म भएको बताएका छन्।
आज (बिहीबार) प्रतिनिधिसभा सदस्य लिएपछि कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले संसद भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै पहिलोपटक सांसदको शपथ लिँदा राजनीतिक रूपमा अर्काे जन्म भएको महसुस भएकाे बताए।
उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयलाई गम्भीरताका साथ लिएको बताए।
‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएको छु। शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ,' उनले भने, 'जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरें। मैले इमानदारीपूर्वक कार्य गर्नुपर्छ।’
महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए।
प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











