Kathmandu Press

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

माओवादी केन्द्र संसदीय दलको आज (बिहीबार) सिंहदरबारमा बसेको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डलाई निर्विरोध रूपमा दलको नेतामा चयन गरेको हो।
माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

काठमाडाैं, पुस ७ : नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्।

माओवादी केन्द्र संसदीय दलको आज (बिहीबार) सिंहदरबारमा बसेको बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डलाई निर्विरोध रूपमा दलको नेतामा चयन गरेको हो।

बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन्। तर दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने बताइएकाे छ। सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ।

आजै पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको थियो।

राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन्। माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण कार्यक्रमलगत्तै संसदीय दलको नेता चयन गरेको हो।

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्