प्रतिनिधिसभा बैठकको प्रारम्भकालमै नागरिकता विधेयकमाथि छलफल हुनुपर्छ : गगन थापा
प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विधेयक हुनुपर्नेमा जोड दिए।
काठमाडौं, पुस ७ : कांग्रेस सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता विधेयक हुनुपर्नेमा जोड दिए।
नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबारे पनि संसदमा छलफल हुनुपर्ने थापाको भनाइ थियो। ‘राष्ट्रपतिलाई मनका आधारमा ठिकबेठिक भन्ने अधिकार छैन,’ उनले भने, ‘उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ।’
संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छन्।
प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











