Kathmandu Press

माओवादी संसदीय दलको नेता प्रचण्ड बन्ने, प्रमुख सचेतक पाण्डेलाई बनाउने तयारी

पार्टी कार्यायल पेरिसडाँडामा आज (बिहीबार) बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको हो।
माओवादी संसदीय दलको नेता प्रचण्ड बन्ने, प्रमुख सचेतक पाण्डेलाई बनाउने तयारी

काठमाडौं, पुस ७ : नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बनाउने भएको छ।

पार्टी कार्यायल पेरिसडाँडामा आज (बिहीबार) बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो।

यसलाई आजै (बिहीबार नै) बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ। प्रमुख सचेतक भने हितराज पाण्डेलाई बनाउने तयारी गरिएकाे छ। दलको उपनेतामा जनार्दन शर्मा र वर्षमान पुनमध्ये एकजना हुने बताइएको छ।

त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्