Kathmandu Press

‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ।
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

काठमाडाैं, पुस ७ : छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ।

चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए। चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ। 'चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौं,' उनले भने। 

Hardik ivf

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ। चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। 

'वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौं। यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौं,' कार्यकारी निर्माता शर्माले भने।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्