Kathmandu Press

त्रिविकाे स्ववियु निर्वाचन फागुन अन्तिम साता गर्ने तयारी

त्रिविले शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार सबै डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र केही क्याम्पस प्रमुखसँग स्ववियु निर्वाचनबारे छलफल गरेको जनाइएको छ।
त्रिविकाे स्ववियु निर्वाचन फागुन अन्तिम साता गर्ने तयारी

काठमाडौं, पुस ७ : स्ववियु निर्वाचन फागुन अन्तिम साता गर्ने तयारी भइरहेको छ।

त्रिभुवन विश्वविद्यालयलेको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाइएको छ।

त्रिविले शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार सबै डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र केही क्याम्पस प्रमुखसँग स्ववियु निर्वाचनबारे छलफल गरेको जनाइएको छ।

त्रिविको कार्यतालिकाअनुसार प्रत्येक दुई वर्षमा फागुन १४ स्ववियु चुनाव गर्नुपर्ने भए पनि १४ वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन।

प्राप्त सुझावअनुसार फागुन अन्तिम साताको पनि अन्तिमतिर गर्न सकिने भनी छलफल भएको एकपटक विद्यार्थीहरुसँग बसेर निर्णय गर्ने गरेपछि त्यसबारे टुंगो लाग्ने शिक्षाध्यक्ष भुसालले बताए।

विद्यार्थीहरुको पढाइ, भर्ना र परीक्षा कार्यक्रम प्रभावित नगर्ने गरी निर्वाचन गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्