Kathmandu Press

२७० सांसदले लिए शपथ, ४ जना अनुपस्थित

प्रतिनिधि सभाका १७ सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। उनीहरुको शपथ पछि हुने जनाइउको छ।
२७० सांसदले लिए शपथ, ४ जना अनुपस्थित

काठमाडौं, पुस ७ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। तर शपथ ग्रहणमा २७५ सांसदमध्ये २७० जना मात्र सहभागी भएका छन्।

प्रतिनिधि सभाका ५ सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। उनीहरुको शपथ पछि हुने जनाइएको छ।

महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित भए। मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले शपथ ग्रहणमा सहभागी भएनन्। 

संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन्।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्