नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ
उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन्।
काठमाडौं, पुस ७ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा उनीहरूले शपथ लिएका हुन्। उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए।
शपथग्रहणअघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र स्वतन्त्र सांसदको बैठक बसेको थियो।
प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए।
प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्र गरी २ सय ७५ सांसद छन्।











