Kathmandu Press

मिर्गाैला डायलासिसपछि निवास फर्किए प्रधानमन्त्री

काठमाडौं, पुस ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको डायलासिस गराएका छन्। 

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन....

मिर्गाैला डायलासिसपछि निवास फर्किए प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं, पुस ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको डायलासिस गराएका छन्। 

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर शुक्रबार दिउँसो ११ ‌औं पटक मिर्गाैलाको डायलासिस गराएका हुन्। डायलासिसपछि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किसकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी  दिए।

१२ वर्षअघि प्रत्यारोपण गराएका मिर्गाैलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय नियमित रूपमा डायलासिस गराउँदै आएका छन्।

प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, पुस ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्