Kathmandu Press

सर्वदलीय बैठक सम्पन्न, शपथग्रहण प्रक्रियाबारे जानकारी

प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए।
सर्वदलीय बैठक सम्पन्न, शपथग्रहण प्रक्रियाबारे जानकारी

काठमाडौं, पुस ७ : प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणअघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र स्वतन्त्र सांसदको बैठक बसेको छ।

प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि र स्वतन्त्र सांसद सहभागी थिए।
 
गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका २ सय ७५ सांसदले आज शपथ लिँदैछन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा आज नले अन्य सबै सांसदलाई बानेश्वरस्थित संसद् भवनमा शपथ गराउनेछन्।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्