Kathmandu Press

देउवा-भट्टराई भेटवार्ता, सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई देउवालाई भेट्न आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
देउवा-भट्टराई भेटवार्ता, सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल

काठमाडौं, पुस ७ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई देउवालाई भेट्न आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। देउवा र भट्टराईबीच छलफल भइरहेको बेला नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव पनि बालुवाटार पुगेका थिए। 

उनीहरूले संसदीय दलको नेतामा निर्वाचित भएकोमा देउवालाई बधाई दिएको र सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा कुराकानी गरेको बताइएको छ। 

भेटमा सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल भएको छ। स्रोतका अनुसार भट्टराईले देउवालाई अहिलेको गठबन्धन जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गरेर जान सुझाएका छन्।

उनले गठबन्धनभित्र छलफल गरेर सबै पद बाँडफाँट गर्नुपर्ने पहिलो आवश्यकता भएको बताएका छन्। भट्टराईसमेत राष्ट्रपति पदमा आफू दाबेदार रहेकोबताउने गरेका छन्। 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्