एकीकृत समाजवादीका अध्यक्ष नेपाल शपथ लिन संसद भवनमा, फेरि असपताल नै फर्कने
शपथ लिइसकेपछि उनी अस्पताल नै फर्किने उनका सहयोगी नितेश पौडेलले बताए।
काठमाडौं, पुस ७ : स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिन संघीय संसद भवन नयाँ बानेश्वर आएका छन्।
शपथ लिइसकेपछि उनी अस्पताल नै फर्किने उनका सहयोगी नितेश पौडेलले बताए। स्वास्थ्यमा सुधार आउन बाँकी रहेकाले अध्यक्ष नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल बस्ने उनको भनाइ छ।
छाती दुख्ने समस्या देखिएपछि नेपाल अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल बुधबार नेपाललाई भेट्न शिक्षण अस्पताल पुगेका थिए।
प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











