Kathmandu Press

रात्रिबस पार्किङ नयाँबसपार्कमा मात्र गर्न पाइने

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोंगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।
रात्रिबस पार्किङ नयाँबसपार्कमा मात्र गर्न पाइने

काठमाडौं, पुस ७ : गोंगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ ।

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोंगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

‘ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारी साधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौं’, प्रवक्ता भट्टले भने।

यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढङ्गले सेवा सञ्चालन गर्ने गरी यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए। उनले कार्यालयको समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढङ्गले चढाउने÷झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्