काठमाडौंमा बाक्लो हुस्सु र कुहिरो, उडान प्रभावित
बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन्।
काठमाडौं, पुस ७ : काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ।
बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन्।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। उनले खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको बताए।
मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।
प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार