Kathmandu Press

नेकपाले सभामुखको उम्मेदवार टुंग्याउन नसकेपछि संसद बैठक स्थगित

काठमाडौं, पुस ११ : नेकपामा प्रतिनिधिसभा सभामुखका लागि उम्मेदवारको टुंगो नलाग्दा सूचना टाँसेर संसद स्थगित भएको छ।

नयाँ सभामुख चयन प्रक्रिया स....

नेकपाले सभामुखको उम्मेदवार टुंग्याउन नसकेपछि संसद बैठक स्थगित
फाइल फोटो

काठमाडौं, पुस ११ : नेकपामा प्रतिनिधिसभा सभामुखका लागि उम्मेदवारको टुंगो नलाग्दा सूचना टाँसेर संसद स्थगित भएको छ।

नयाँ सभामुख चयन प्रक्रिया सुरू गर्न शुक्रबार मध्याह्न १ बजे संसद् बैठक बोलाइएको थियो। तर, नेकपाले सभामुखको उम्मेदवारको टुंगो नलागेपछि सूचना टाँसेर संसद् बैठक स्थगित गरिएको हो।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना जारी गरि आजको बैठक ‘विशेष कारणबस’ बस्न नसक्ने जनाएका छन्। उपसभामुख डा.शिवमाया तुम्बाहाङले अर्को बैठक पुस १६ गते बस्ने गरि निर्धारण गरेको सूचनामा उल्लेख छ।

बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोजमा सभामुखबाट राजीनामा दिएका थिए। त्यसयता सभामुखको कामकाज उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले गर्दै आएकी छन्।

नयाँ सभामुख चयनका लागि पुस ४ गते नै हिउदे अधिवेशन बनाइएको थियो। प्रतिनिधिसभाको पहिलो बैठक औपचारिकता पूरा गरेर स्थगित भएको थियो।
नेकपामा पूर्वसभामुख सुभाष नेम्वाङ र स्थायी समिति सदस्य अग्नि सापकोटा सभामुखको उम्मेदवारका लागि चर्चामा छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई नै सभामुखको उम्मेदवार बनाउनु पर्ने जोड गरेकी छन्। जसले गर्दा नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।

अब पुस १६ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनको प्रक्रिया सुरू हुनेछ।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, पुस ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्