Kathmandu Press

आज माओवादी केन्द्रले संसदीय दलको नेता चुन्ने

माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ ।
आज माओवादी केन्द्रले संसदीय दलको नेता चुन्ने

काठमाडौं, पुस ७ : नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।

माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् । यसअघि हिजो कांग्रेसले चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरेको थियो ।

चुनावबाट पहिलो पार्टी बनेको कांग्रेसमा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन भएसँगै नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ ।  

प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्