Kathmandu Press

आजको मौसम पूर्वानुमान

हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रही तराईका थोरै भूभागमा हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक  बदली रहनेछ। 
आजको मौसम पूर्वानुमान

काठमाडौं, पुस ७ : हाल नेपालको पुर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रही तराईका थोरै भूभागमा हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक  बदली रहनेछ। 

राती प्रदेश १ को पहाडी भू भागमा आंशिक  बदली रही बाँकी भू भागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही  भूभागमा बिहानीपख हुस्सु लाग्ने  र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्