Kathmandu Press

नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराइने

संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज सपथग्रहण गराउने भएको हो ।  संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे सपथग्रहण गराइनेछ ।
नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराइने

काठमाडौं, पुस ७ : नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराइने भएको छ ।

संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज सपथग्रहण गराउने भएको हो ।  संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे सपथग्रहण गराइनेछ ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । उनै ज्येष्ठ सदस्य राणाले अन्य सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने छन् ।

यसअघि, आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ (२) अनुसार पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति: ०७:०६ बजे, बिहीबार, पुस ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्