सिसडोल जाँदै गरेको मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं, पुस ११ : काठमाडाैंकाे तार्केश्वर नगरपालिका–३ स्थित तीन पिप्लेमा फोहोर बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु....

काठमाडौं, पुस ११ : काठमाडाैंकाे तार्केश्वर नगरपालिका–३ स्थित तीन पिप्लेमा फोहोर बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको टिपर दुर्घटना भएको हो। दुर्घटनामा टिपरका चालक माइला तामाङ र सहचालक कमल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। तीव्र गतिमा रहेकाले टिपर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।
प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











