Kathmandu Press

आज नेपाल इरानसँग भिड्दै

काठमाडौं, फागुन १ : हिरो गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल इरानसँग भिड्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई जित्नै पर्ने दवाव छ ।

....
आज नेपाल इरानसँग भिड्दै

काठमाडौं, फागुन १ : हिरो गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल इरानसँग भिड्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई जित्नै पर्ने दवाव छ ।

आज दिउसो ४ बजे भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल हुने छ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालले तीन अंक जोडेको छ । आजको खेलमा इरानलाई हराएपछि नेपाल फाइनलमा प्रवेश गर्ने छ ।

यदि इरानसँग पराजित भयो भने अर्को खेलको नतिजामा निर्भर रहने छ । अर्को खेला भारत र म्यानमारबीच हुदैँछ ।

भारत र म्यानमारको खेल बराबरीमा टुङ्गिए नेपाल फाइनलमा प्रवेश गर्ने छ । त्यस्तै, म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोल अन्तरले मात्रै म्यानमारलाई हराएमा पनि नेपाल फाइनलमा प्रवेश गर्ने छ ।

नेपाल, भारत, इरान र म्यानमार सहभागि प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । दुई खेल सकिँदा नेपालको तीन अंक छ भने म्यानमारको ६ अंक छ । त्यस्तै, भारतको पनि तीन अंक नै छ भने इरान अंकविहीन छ ।

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, फागुन १, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्