Kathmandu Press

सभामुख चयन प्रक्रिया सुरू गर्न आज संसद् बैठक

काठमाडौं, पुस ११ : प्रतिनिधिसभाको नयाँ सभामुख चयन प्रक्रिया सुरू गर्न आज संसद् बैठक बोलाइएको छ। तर, नेकपाका कारण संसद बैठक अनिश्चित देखिएको छ।

....
सभामुख चयन प्रक्रिया सुरू गर्न आज संसद् बैठक
फाइल फोटो

काठमाडौं, पुस ११ : प्रतिनिधिसभाको नयाँ सभामुख चयन प्रक्रिया सुरू गर्न आज संसद् बैठक बोलाइएको छ। तर, नेकपाका कारण संसद बैठक अनिश्चित देखिएको छ।

बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महरा गत असोजमा सभामुखबाट राजीनामा दिएका थिए। त्यसयता सभामुखको कामकाज उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले गर्दै आएकी छन्।

नयाँ सभामुख चयनका लागि पुस ४ गते नै हिउदे अधिवेशन बनाइएको थियो। प्रतिनिधिसभाको पहिलो बैठक औपचारिकता पूरा गरेर स्थगित भएको थियो। नयाँ सभामुख चयन प्रक्रिया सुरू गर्न आज बैठक बोलाइएको हो।

तर, नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा अन्योल थपिएको छ। नेकपामा पूर्वसभामुख सुभाष नेम्वाङ र स्थायी समिति सदस्य अग्नि सापकोटा सभामुखको उम्मेदवारका लागि चर्चामा छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई सभामुख बनाउन खोजेका छन्। जसले गर्दा उम्मेदवार टुङ्गो लाग्न सकेको छैन।

नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाउन नसक्दा आजको संसद् बैठक बस्न नसक्ने देखिएको छ। सूचना टाँसेर स्थगित गर्ने संसद् सचिवालयले तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: ११:२९ बजे, शुक्रबार, पुस ११, २०७६