माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं, पुस ६ : प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर देउवा र दाहालले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
प्रकाशित मिति: १५:०२ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











