प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले लिए सपथ

काठमाडौं, पुस ६ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन् । सपथ ग्रहण समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका व्यक्तिहरूकाे उपस्थिति थियाे ।
अब प्रतिनिधि सभाका थप २७४ सांसदहरुलाई जबराले भोलि सपथ ग्रहण गराउनेछन्।
प्रकाशित मिति: १४:३४ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











