Kathmandu Press

मन्त्री बन्दिनँ, सरकारमा जानेहरुलाई पार्टीको घोषणापत्रअनुसार काम गर्न भन्छु : महामन्त्री शर्मा 

मन्त्री बन्दिनँ, सरकारमा जानेहरुलाई पार्टीको घोषणापत्रअनुसार काम गर्न भन्छु : महामन्त्री शर्मा 

काठमाडौं, पुस ६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सरकारमा नजाने बताएका छन् । 

बुधबार कांग्रेस संसदीय दलको निर्वाचिनपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा महामन्त्री शर्माले अब बन्ने सरकारमा मन्त्री नबन्ने बताएका हुन् । 

उनले  सरकारमा जानेहरुलाई संयोजन गर्ने बताए ।  ‘अहिले सरकारमा जाने कुरामा साथीहरु जानुहुन्छ, जान चाहनेहरु साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ,’ उनले भने । 

सरकारमा जाने साथीहरुलाई पार्टीको घोषणापत्र अनुसार काम गर्न आग्रह गर्ने उनको भनाई छ । आफू पार्टीको महामन्त्री बनेको एक वर्ष हुन लागेको र पार्टीका धेरै कामहरु गर्न बाँकी रहेको उनले बताए । ‘अहिले मैले पार्टी कार्यालयमा बसेर काम गर्नुपर्छ,’ उनले भने । 

 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्