सय जना सवार बेक एयरको विमान दुर्घटना
काठमाडौं, पुस ११ : एक सय जना सवार बेक एयरको जहाज काजकिस्तानमा दुर्घटना भएको छ। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्।
का....
काठमाडौं, पुस ११ : एक सय जना सवार बेक एयरको जहाज काजकिस्तानमा दुर्घटना भएको छ। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्।
काजकिस्तानको अल्मटीबाट राजधानी नूर–सुल्तानका लागि उडेको विमान दुर्घटनामा परेको हो। उडेको केहीवेरमै दुर्घटना भएको जनाएको छ।
काजकिस्तानको सेन्ट्रल एभिएसन कमिटीका अनुसार, विमानमा पाँच जना चालक दलका सदस्य र ९५ यात्रु रहेका थिए।
Kazakhstan plane crash: Bek Air plane goes down near Almaty airport; multiple fatalities reported
— Breaking911 (@Breaking911) December 27, 2019
pic.twitter.com/zE0EfMckce
विमान दुर्घटना हुने वितिक्कै आगलागी भएको छ। आगोको मुस्लो देखिएको स्थानीय वासिन्दालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उद्धारको कार्य जारी रहेको जनाएको छ।
अल्माटी विमानस्थलकाे आपतकालीन सेवा विभागका अनुसारऽ अझै केही यात्रु विमानभित्रै फसेका छन्। उनीहरुकाे उद्धार भइरहेकाे जनाएकाे छ।






