धोबीखोला किनारकाे देवीनगरमा अतिक्रमित संरचना हटाउन महानगरकाे डाेजर
देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका घरटहरा आज (बुधबार) काठमाडौं महानगरले डोजर लगाएर भत्काउन सुरु गरेको हो।
काठमाडौं, पुस ६ : काठमाडौं महानगरपालिका-१० स्थित अनामनगरस्थितको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालिएको छ।
देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका घरटहरा आज (बुधबार) काठमाडौं महानगरले डोजर लगाएर भत्काउन सुरु गरेको हो।
महानगर प्रहरीले मापदण्डविपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको बेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ। यसक्रममा आज महानगर देवीनगर पुगेको हो।
प्रकाशित मिति: १३:४४ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार