Kathmandu Press

सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि रवि लामिछानेले शपथ लिन पाउने

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि रवि लामिछानेले शपथ लिन पाउने

काठमाडौं, पुस ६ : सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ।

उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि आज (बुधबार) सुनुवाइ गर्दै संवैधानिक इजलासले सर्वोच्चको  अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको  छ। रिट निवेदकले विवाद अन्त्य नहुन्जेल शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।

लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरहेको जिकिर रिट निवेदनमा गरिएको छ।

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्