दलको नेता चुनिएपछि देउवाले भने– अब पार्टीमा सबैलाई मिलाएर लैजान्छौं
बुधबार बिहान संसदीय दलको नेता निर्वाचित भएपछि सिंहदरबारमा पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै देउवाले पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका हुन् ।
काठमाडौं, पुस ६ : नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले अब पार्टीमा सबैलाई मिलाएर लैजाने बताएका छन् ।
बुधबार बिहान संसदीय दलको नेता निर्वाचित भएपछि सिंहदरबारमा पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै देउवाले पार्टीलाई राम्ररी अगाडि बढाएर लैजाने बताएका हुन् ।
‘अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौँ। सबैलाई मिलाएर लैजान्छौँ,’ उनले भने । बुधबार भएको संसदीय दलको निर्वाचनमा देउवा ६४ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी गगन थापाले २५ मतमात्रै पाए ।
संसदीय दलको नेता चयन भएसँगै देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने दौडमा छन् । देउवाले यसअघि नै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गराइसकेका छन्।
प्रकाशित मिति: १२:२९ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार