Kathmandu Press

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न

आइतबार सिड्नी आयोजित शोज अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए।
हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न

काठमाडौँ, पुस ६ : हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न भएको छ। आइतबार सिड्नी आयोजित शोज अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए।

नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प नापेका थिए। नेपाली पोशाकलाई अन्र्तराष्ट्रि स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको दाबी सन्तोषको छ। कोरोना महामारीपछि पहिलो पटक आफुले ठुलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाई छ।

Hardik ivf

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीकका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए। नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निककै मन परेकाले अन्र्तराष्ट्रिय बजार प्रवद्र्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन्। 

सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाली कला र संस्कृतीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको थियो।

यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्माता समेत हुन। सन्तोष दीपेन्द्र के खनाल निर्देशित सिनेमा आमाका सह निर्माता र अर्पण थापा निर्देशित सिनेमा तीन जन्तुका निर्माण गरिसकेका छन्, डलर एयुडी छायांकनको तयारी चलिरहेको छ।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्