मन्त्री बनेर सरकारमा नजाने गगन थापाको घोषणा
‘सरकारमा अरु साथीहरु जानुहुन्छ, म अर्कोपटक पुनः संसदीय दलको नेता हुने कोशिस गर्छु । अहिले सरकारमा जान्न' : गगन थापा
काठमाडौं, पुस ६ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् ।
संसदीय दलको निर्वाचनको परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले संसदीय दलको नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने तर आफै सरकारमा नजाने बताएका हुन् ।
‘सरकारमा अरु साथीहरु जानुहुन्छ, म अर्कोपटक पुनः संसदीय दलको नेता हुने कोशिस गर्छु । अहिले सरकारमा जान्न,’ थापाले भने ।
उनले मतपरिणाम अपेक्षाकृत नआए पनि निराश नहुने बताए । ‘यो अपेक्षाकृत मत होइन तर थाक्दिनँ, निराश हुन्न । थप मिहिनेत गर्छु,’ उनले भने ।
संसदीय दलको नेता बन्न सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका थापाले २५ मत मात्रै पाए । कुल ८९ सांसदमध्ये म६४ मतका साथ देउवा कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन् ।
प्रकाशित मिति: ११:५७ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











