कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकियो, नतिजा केहीबेरमा
मतदान सकिएलगत्तै केहीबेरमा मतगणना सुरु गर्दै नतिजा सार्वजनिक गर्ने तयारी छ ।
काठमाडौं, पुस ६ : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । बिहान ९ बजेदेखि मात्रै सुरु भएको मतदान केहीबेर अघि सकिएको हो ।
मतदान सकिएलगत्तै केहीबेरमा मतगणना सुरु गर्दै नतिजा सार्वजनिक गर्ने तयारी छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नै मतगणना गरिनेछ ।
संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।
प्रकाशित मिति: १०:४३ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











