ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट सपथ लिने

काठमाडौं, पुस ६ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे सपथ खुवाउने तयारी गरेको हो।
संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो ।
नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् ।
राणाले आज राष्ट्रपतिबाट शपथ लिएपछि बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ वानेश्वरमा शपथ गराउनेछन् ।
प्रकाशित मिति: ०९:४२ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











