कांग्रेस संसदीय दलकाे मतदान सुरू
संसदीय दलको नेताको लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मतदान गरिसकेका छन।
काठमाडाैं, पुस ६ : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान सुरू भएकाे छ। संसदीय दलको नेताको लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मतदान गरिसकेका छन।
बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको मतदान केही समय ढिलाे सुरू भएकाे हाे।
केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदानमा ढिलाइ भएको थियाे ।
एक जना केन्द्रीय नेताका अनुसार देउवा पक्षका सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदानमा ढिलाइ भएको हो ।
निर्वाचन समितिले आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदान गर्न सांसदहरु बिहानै सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगिसकेका छन् ।
संसदीय दलको नेताको लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार रहेका छन।
प्रकाशित मिति: ०८:५६ बजे, बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











