Kathmandu Press

पाल्पामा सेनाले जग खन्दा तोपका गोला फेला परे

पाल्पामा सेनाले जग खन्दा तोपका गोला फेला परे

पाल्पा, पुस ५ : पाल्पाको सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खन्दा पुराना ताेपका गाेला फेला परेकाे छ।

सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका हुन।

जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुराना तोपका गोला फेला परेका हुन्। जेसिभीले जग खनिरहँदा गोलाहरू भेटिएकोबारे नेपाली सेनाले मुख्यालयमा जानकारी गराएको छ।

ठूलो संख्यामा गोलाहरू निकालेर बाहिर निकालिएको छ भने अझै पनि जमिनमुनि ठूलो संख्यामा गोलाहरू रहेका छन्। जग खनिएको स्थानमा जमिनमा माथिल्लो सतहमै गोलाहरू देखिएका छन्।

गाडिएको अवस्थामा माटोका घैंटाजस्तै भेटिएका गोलाहरू कतिपय हातमा अट्ने आकारका छन् भने कतिपय ठूलो आकारका समेत रहेका छन्।

भिमसेन थापाको पालादेखि नै नेपाली सेनाले पाल्पाबाट इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनासँग युद्ध लड्दै आएको थियो। कर्णेल उजिर सिंह थापाको कमाण्डमा भएको दुई पटकको युद्धमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको थियो।

प्रकाशित मिति: २०:४१ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्