सोलुखुम्बुको नेले बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट
मंगलबार अपराह्न ४ बजेबाट सुरु भएको आगाे अहिलेसम्म नियन्त्रणामा आउन सकेकाे छैन।
साेलुखुम्बु, पुस ५ : सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-१ स्थित नेले बजारमा आगलागी भएको छ। आगलागीबाट पाँच घर जलेर नष्ट भएकाे छ। मंगलबार अपराह्न ४ बजेबाट सुरु भएको आगाे अहिलेसम्म नियन्त्रणामा आउन सकेकाे छैन।
स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले उनको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र अर्का एक स्थानीयको घर जलेर पूर्ण नष्ट भएको छ भने प्रणय राईको आधा घर जलेको प्रहरीले बताएको छ। आगो निभाउनका लागि स्थानीय र प्रहरीले पहल गरिरहेका छन् भने सल्लेरीबाट नगरपालिकाको दमकल झिकाइएको वडाध्यक्ष घनराज सुनुवारले जानकारी दिए।
प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











