Kathmandu Press

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने बताइएको छ । 
एमाले संसदीय दलको नेतामा ओली निर्विरोध

काठमाडौं, पुस ५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका छन् । 

मंगलबार बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो । ओलीलाई संसदीय दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक बनेका थिए भने अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन जनाएका थिए ।  

एमाले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने बताइएको छ । 

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै मंसिर ४ को चुनाव लडेको थियो । 

 

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्