Kathmandu Press

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन 

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन 

काठमाडौं, पुस ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको संसदीय दलको नेता चयन भएका छन् ।  

मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्