कांग्रेस संसदीय दलको निर्वाचन : सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जे देखियो (फोटो फिचर)

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

मनोनयन दर्ताका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । निर्धारित समयभित्रै सभापति देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका छन् ।

सभापति शेरबहादुर देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । महामन्त्री देउवाको प्रस्तावकमा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्प्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल छन् ।

कांग्रेस संसदीयल दलको निर्वाचन भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।





सबै तस्बिर : गाेविन्द मरासिनी/काठमाडाैं प्रेस
प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











