कांग्रेस संसदीय दलको निर्वाचन : सभापति देउवा र महामन्त्री थापाले गराए मनोनयन दर्ता
महामन्त्री थापाले पहिलो नम्बरमा र सभापति देउवाले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । महामन्त्री थापाले पहिलो नम्बरमा र सभापति देउवाले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् ।
गगन थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् भने देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
संसदीय दलको नेता चयनका लागि बधुबार बिहान ८ बजेदेखि मतदान हुने तय भएको छ ।
प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











