कांग्रेस संसदीय दलको निर्वाचन : गगन थापालाई प्रदीप पौडेलको समर्थन

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् ।
पार्टीका नेता कृष्ण सिटौला खेमाका मानिने पौडेल १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका उम्मेदवार थिए । तर चुनावी परिणाम हुँदै संसदीय दलको नेता चयनसम्म आइपुग्दा पौडेल गगनको पक्षमा देखिएका हुन् ।
उनी संसदीय दलको नेतामा गगन थापाको समर्थक बन्ने भएका छन् । गगनको प्रस्तावकमा डा. शेखर कोइराला छन् । कोइराला प्रस्तावक र पौडेल समर्थक बस्दा गगनको मत बढ्ने सम्भावना बढेको छ ।
यता सभापति देउवाको प्रस्तावकमा भने रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











