Kathmandu Press

कांग्रेस संसदीय दलको निर्वाचन : देउवाको प्रस्तावक रामचन्द्र पौडेल, उपसभापति खड्का समर्थक  

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिँदा वरिष्ठ नेता रामचन्द्र पौडेल उनको प्रस्तावक बसेका छन् । 
कांग्रेस संसदीय दलको निर्वाचन : देउवाको प्रस्तावक रामचन्द्र पौडेल, उपसभापति खड्का समर्थक  

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिँदा वरिष्ठ नेता रामचन्द्र पौडेल उनको प्रस्तावक बसेका छन् । 

केहीबेरअघि संसदीय दलको नेताको उम्मेदवारी दिन सभापति देउवा सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यलय पुगेका छन् । उनीसँगै सिंहदरबार पुगेका वरिष्ठ नेता पौडेल देउवाका प्रस्तावक बनेका हुन् । 

पार्टीको १४ औं महाधिवेशनसम्म संस्थापन इतर समूहमा रहेका पौडेल संस्थापन पक्षमा खुलेका छन् ।  देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । 

 बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् । 
 

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्