राप्रपाका पशुपति शमशेर जबरा ज्येष्ठ सांसद ठहर

काठमाडौं, पुस ५ : संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सबैभन्दा ज्येष्ठ सांसदको टुंगो लगाएको छ ।
सचिवालयले प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित भएका २७५ सांसदमध्ये राप्रपाका पशुपतिशमशेर जबरा सबैभन्दा ज्येष्ठ सांसद रहेको ठहर गरेको हो ।
यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जबरामध्ये को ज्येष्ठ सांसद भन्ने विवाद सचिवालयको निर्णयसँगै टुंगिएको छ । उनीहरुको नागरिकतामा उल्लिखित जन्ममिति भिडाएर हेर्दा सबैभन्दा जेठा सांसद पशुपति शमशेर राणा देखिएका हुन् ।
अब जबराले राष्ट्रपतिबाट सपथ लिएपछि अन्य सांसदहरुलाई सपथ गराउनेछन् ।
प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











