Kathmandu Press

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना 

पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ। जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ, भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ।
उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना 

काठमाडौं, पुस ५ : हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ। जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ, भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ।

आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू(भागका एकरदुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । 

बुधबार पनि मौसममा समान्य बदली हुने सम्भावना छ। प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ।
 
प्रकाशित मिति: ०८:४९ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्