कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता
कांग्रेस निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्ने कार्यक्रम छ । उमेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
काठमाडौं, पुस ५ : नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ ।
कांग्रेस निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्ने कार्यक्रम छ । उमेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उमेदवारी दिने तयारी गरेका छन् ।
यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ ।
प्रकाशित मिति: ०७:४३ बजे, मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार