Kathmandu Press

फूलबारीको टिजर सार्वजनिक

फिल्मको टिजरमा दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारीलाई देखाइएको छ।
फूलबारीको टिजर सार्वजनिक

काठमाडाैं, पुस ४ : विपिन कार्की र दयाहाङ राई स्टारर फिल्म फूलबारीको टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरमा दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारीलाई देखाइएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिनसँगै अरुणा कार्की मूख्य भूमिका छिन्। फिल्मा उनीहरुसँगै प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्मा पनि छन् ।

फागुन ५ बाट प्रदर्शनमा आउने भनिएको फिल्मको पटकथा उपेन्द्र सुब्बाले खेलेका हुन् भने कथा किशोर मलपानीको छ। फिल्मलाई जोश हेरमको खिचेका छन्।

यशोधा फिल्म्सको ब्यानरमा निर्माण फिलममा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत छ।

प्रकाशित मिति: २०:५१ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्