Kathmandu Press

शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड सरकारले हटाउने

काठमाडौं, पुस १० : सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री  हटाउने....

शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड सरकारले हटाउने
फाइल

काठमाडौं, पुस १० : सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री  हटाउने भएको छ। 

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको हो।

अन्य स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने  बैठकले निर्णय गरेको छ। 

यसैगरी, बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए  तारलाई काटेर हटाउने निर्णय गरेको छ।  

गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताए। सर्वोच्च अदालतले  समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए। 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि  त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। 

गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिए।

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्