Kathmandu Press

बागमती प्रदेशसभाको सर्वदलीय बैठक आह्वान

सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
बागमती प्रदेशसभाको सर्वदलीय बैठक आह्वान

मकवानपुर, पुस ४ : बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्न सर्वदलीय बैठक बोलाइएको छ। बागमती प्रदेशसभाले पुस ८ गते ११ बजेका लागि प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक बोलाएको हो।

सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ ९१० बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षका रामप्रसाद ढुंगाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य छन्। उनी माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेका हुन्।

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुंगानाले केही दिनभित्रै प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट शपथग्रहण गरेपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई शपथ गराने छन्।

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्